गच्छदारलाई २ मतले हराएपछि गुरुङले दिए यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापतिमा निर्वाचित धनराज गुरुङले अब आफू सबै कांग्रेसको उपसभापति भएको बताएका छन् । निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै गुरुङले आफू प्यानल बनाएर चुनावमा होमिएपनि जीतपछि भने सबै कांग्रेसको उपसभापति भएको बताए ।

उनले विजय कुमार गच्छदारलाई २ मतले पराजित गरेका छन् । गुरुङ शेखर कोइराला प्यानलबाट चुनाव लडेका थिए भने गच्छदारले सभापतिमा निर्वाचित देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए । मतगणनामा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।



बिहीवार बिहान २ बजे सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा धनराज गुरुङले विजय कुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेका छन् । गुरुङले १९०८ मत ल्याएर उपसभापति निर्वाचित हुँदा गच्छदारले १९०६ मत ल्याएका छन् । उनीहरूबीचको मतअन्तर २ मात्रै छ ।

सम्बन्धित समाचार