संसद अवरुद्ध गरेर एमसीसी पास गर्ने खेल भएको भीम रावलको आशंका

नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्।

रावलले संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौताअनुमोदन गर्न पो लागिएको हो कि भन्ने प्रश्न गरेका हुन्।



रावल भन्छन् ‘सरकारका कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गर्ने कुराको औचित्य के हो ? गएराति एक ट्विटमा रावलले लेखेका छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरेको सम्झौताअनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’

सम्बन्धित समाचार