
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय जारी मतगणना मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समिति अनुसार ९०० मतगणना हुँदा ५५९ मतसहित गगन थापाले अग्रता लिएका छन् भने दोस्रोमा विश्वप्रकाश शर्माले ३५७ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३०० मत प्राप्त गरेका छन् । त्यस्तै डा .प्रकाशशरण महतले २९७ र डा .मीनेन्द्र रिजालले १५३ मत पाउँदा डा .राजाराम कार्कीले ३१ मत प्राप्त गरेका छन् ।
मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् ।

