रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने भन्दै गरे यस्तो ट्विट

रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । आज (बिहीबार) एक ट्विट गर्दै उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

नेपाली कांग्रेसको महामन्त्री पदको उम्मेदवार रहेका रिजालले मतगणनामा प्रारम्भिक नतिजा अनुसार पराजयतर्फ उन्मुख भएकाले उनले राजीनामा दिन लागेका हुन् । उनले महामन्त्रीको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने बताएका छन् ।



उनले ट्विटरमा लेखेका छन् – नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।

महामन्त्री पदको मतगणना जारी रहेको पछिल्लो मत परिणाम अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् भने विश्वप्रकाश शर्माले ८५१ मत र प्रदीप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाउँदा राजाराम कार्कीले ५९ मत ल्याएका छन् ।

रिजालको ट्विट :

रिजालको ट्विट :

सम्बन्धित समाचार