
नेकपा एमालेले आज (अहुक्रबर) पत्रकार सम्मेलन गर्ने भएको छ । एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्न लागेको हो ।
महासचिव शंकर पोखरेलले आज दिउँसो काठमाडौँको नयाँ बानेश्वर स्थित अल्फाबिटामामा पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्न लागेको एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए । गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न लागिएको एमालेले जनाएको छ ।
चितवनमा गत मंसिर १०–१४ मा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरको जर्मन होममा बसेको थियो ।

