
नेकपा एमालेका नेता भीम रावलले एमसीसीको विषयमा पुन: चर्को आवाज उठाएका छन् । आज (शुक्रबार) एक ट्विट गर्दै उनले एमसीसीविरुद्ध आवाज उठाएका हुन् ।
रावलले नेपालले एमसीसीसँगको सम्झौता तुरून्त अनुमोदन नगरे अमेरिका नपर्खने र पैसा अन्त जाने भनी एमसीसी र त्यसका दलालहरूले चौथो पटक चलाएको दवावपूर्ण हल्ला केही नेतालाई बाध्य पार्ने चालबाजी साबित भएको बताएका छन् । यसअघि उनले हिजो (बिहीबार) संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौता अनुमोदन गर्न पो लागिएको हो कि भन्ने प्रश्न गरेका थिए । उनले यस्तो गरियो भने राष्ट्रघात ठहर्ने टिप्पणी गरेका थिए ।
रावलले ट्विटरमा लेख्छन्, ‘नेपालले एमसीसी संगको सम्झौता तुरून्त अनुमोदन नगरे अमेरिका नपर्खने र पैसा अन्त जाने भनी एमसीसी र त्यसका दलालहरूले चौथो पटक चलाएको दवावपूर्ण हल्ला केही नेतालाई बाध्य पार्ने चालबाजी साबित भएको छ।नेपाललाई सामरिक रूपमा दुरूपयोग गर्न एमसीसी लागिरहने त्यसको हालैको निर्णयले स्पष्ट हुन्छ।’
रावलको ट्विट :

