
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन फैलिन नदिने उद्देश्यले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार साँझ विज्ञप्ति जारी विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई ७ दिन होटल क्वारेन्टिन अनिवार्य गरेको हो । त्यस्तै विभागले होटल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने जनाएको छ ।
त्यसैगरी रिपोर्ट पोजेटिभआएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । सरकारले यसअघि नै अफ्रिकी देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाइसकेको छ ।
सूची
