मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-१ हुलाकी खोला बस्ने ६९ वर्षीय धन बहादुर थापा सोही गाउँपालिका-२ दुम्किबास बजारस्थित नवनिर्मित घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

घरबाट आइएमई मार्फत पैसा निकाल्न जान्छु भनि हिँडेकोमा साँझसम्म घर नआएपछि खोजी गर्न क्रममा उक्त घरमा उनको शव फेला परेको हो । त्यसैगरी दैलेख, नौमुले गाउँपालिका-६ सीलाडी भन्ने स्थानमा सोही गाउँपालिका-४ घर भई हाल सुर्खेत बस्ने ९० वर्षीय धन बहादुर बस्नेत शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।



त्यस्तै चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै महोत्तरी, बर्दिवास नगरपालिका-३ भप्सी खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धम प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार