
नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएकोमा आपत्ति जनाएका छन् । आज (शनिबार) एक ट्विट गर्दै उनले यस विषयमा आपत्ति जनाएका हुन् ।
रावलले मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन् । त्यस्तै उनले यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) रावललाई एमालेले केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको थियो ।
रावलले ट्विटरमा लेखेका छन् , ‘मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’
रावलको ट्विट :

