केराको घरी आठ फिट लामो भएपछि…

केराको घरी आठ फिट लामो छ भन्दा अचम्म लाग्ला तर महोत्तरीको बर्दिबास नगरपालिका–१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लामोे छ ।

केराको घरीमा झण्डै ३० भन्दाबढी हाता देखिएका छन् । विसं २०७६को हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका स्थानीय मर्चमान जातको यो केराको गुबो रोपिएको हो । प्राय: केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी लाग्ने) भए पनि यो चै दुई वर्षमा पसाएको किसान न्यौपानेको भनाइ छ ।



घरीको माथिका हाता छुट्टिँदै गए पनि तलसम्मका हाता छुट्टिने र छिप्पिने क्रममा छ। बोट सामान्य मोटाइको भए पनि घरी भने निकै लामो भएपछि अहिले यो केरा हेर्न दिनहुँ आउने गर्छन्। कृषि प्राविधिकले भने यो घरी निकै लामो भए पनि माथिका १०-१२ हातामा मात्र राम्रो कोसा हुने र तलका हाताका कोसा झिना हुने बताएका छन् ।

सम्बन्धित समाचार