नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को शनिबार राति सम्म ३५ पदका लागि २३ सय ९३ मतगणना भएको छ ।
खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत गन्दा शशांक कोइरालाले १९७१, एनपी साउदे १५५८ मत प्राप्त गरेका छन् । त्यस्तै उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह केसीले १३८३, बालकृष्ण खाणले १५०७, रमेश लेखकले १४५१, र रामहरि खतिवडाले १३९५ मत प्राप्त गरे ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय सदस्य खुलातर्फ ९९ जनाको प्रतिस्पर्धा रहेको जनाएको छ । बाँकीको मतगणना आज (आइतबार) बिहान ९ बजेदेखि सुरु हुने समितिले जानकारी दिएको छ ।
सूची

