अल्का अस्पतालको बाथरोगसम्बन्धी स्वास्थ्य शिविर, १७ भन्दा बढी ल्याव जाँच पनि निःशुल्क

अल्का अस्पतालले बाथरोगसम्बन्धी ९ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलस्थित अस्पताल परिसरमा पुष ४ गतेदेखि ८ गतेसम्म पहिलो चरणमा र पुष १२ गतेदेखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोगसम्बन्धी स्वास्थ्य शिविर आयोजना गर्न लागिएको अस्पतालबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

बाथरोगसम्बन्धी विशेषज्ञ डाक्टरद्वय जीवन पौडेल र अभिलाशा शाहले हरेक दिन सय जना विरामीलाई जाँच गर्ने तथा शिविरमा निःशुल्क औषधि वितरण गरिने अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क स्वास्थ्य परीक्षण र १७ वटाभन्दा बढी बाथरोगसम्बन्धी ल्याव जाँच पनि निःशुल्क गरिन लागिएको अस्पतालका सीईओ दीपेन्द्र पोखरेलले जानकारी दिए ।



सिबिसी, इसिआर, युरिक एसिड, क्रियटीनाइन, एफबिएस, टिएसएच, एन्टी सिसिपी, सिपीआर आरएएफ फ्याक्टर, एसजीओटी, एसजिपिटी, सिपीकेन्याक, युरिन रुटिन, एक्स–रे ज्वाइन एण्ड एनएफसी लगायतका ल्याव जाँच डाक्टरको सिफारिसमा निःशुल्क गरिने सीईओ पोखरेलले बताए ।

हाडजोर्नी, नशा सुन्निने–दुख्ने, लामो समयदेखि ज्वरो आइरहेका, महिनावारी गडबडी भएकाहरू, बेला बेलामा गर्भसमेत तुहिने समस्या भएकाहरू, मांसपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कच्चा र घाँटी दुखेकाहरु, शरीरको विभिन्न भागमा रातो तथा निलो दाग भएकाहरु, कपाल झर्ने समस्या भएकाहरु, मुखमा खटिरा आएका, आँखा रातो भइ बेस्सरी दुखेकाहरुले शिविरमा आएका निःशुल्क परीक्षण गराउन सक्ने वरिष्ठ बाथरोग विशेषज्ञ जीवन पौडेलले सुझाव दिए ।

सम्बन्धित समाचार