त्रिभुवन विमानस्थलबाट दुईजना बंगलादेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिस्कोट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरा सहित २ जना बंगलादेशी नागरिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू राहदानी नम्बर इएफ ०३९४७४१ बाहक २२ वर्षीय सलमान अहमेद र राहदानी नम्बर बिटि ०२१२१५४ बाहक ३० वर्षीय एमडि अबु जिहाद रहेका छन् । उनीहरूमध्ये अहमेदको साथबाट ३ सय ३० ग्राम र जिहादको साथबाट २ सय ६० ग्राम सुन जस्तो देखिने धातु बरामद भएको हो ।



हिमालयन एयरलाईन्सको उडानद्धारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा विमानस्थल प्रहरी र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त परिमाणको धातु फेला परेको हो । उनीहरू उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आवश्यक अनुसन्धान एवम् कारबाही भइरहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

सम्बन्धित समाचार