नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

सत्तागठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । आज (आइतबार)सर्वदलीय बैठक अघि सत्ता गठबन्धनको बैठक बसेको हो ।
सत्तागठबन्धनको बैठक दिउँसो २ बजेदेखि सुरु भएको एक नेताले जानकरी दिए । बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी रहेका छन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य र एमसीसीको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने बैठकमा सहभागी नहुने जनाएको छ ।

