आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ८७२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ४ हजार ८३१ जनाको पीसीआर परीक्षण गर्दा १३३ जना र पाँच हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २८९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ८ हजार ८९२ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ । जसमा ५ हजार २३ जना होम आइसोलेसनमा छन् भने २४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १०० संक्रमित आईसीयूमा र २६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २५ हजार ७३६ र एन्टिजेन विधिबाट ९५ हजार ९८१ जना पुगेको छ ।

सम्बन्धित समाचार