
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतपरिणाम सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको मतपरिणाम अनुसार डा. शशांक कोइरालाले ३८३६ मत ल्याउदै शीर्ष स्थानमा रहेका हुन् ।
त्यस्तै एन. पी. साउदले २९३७, बालकृष्ण खाँणले २८७९, उदय शमशेर राणाले २८४३, रामहरि खतिवडाले २८३२, ज्ञानेन्द्र बहादुर कार्कीले २८२०, रमेश लेखकले २७८०, शंकर भण्डारीले २७६८, जिप छिरिङ लामाले २७०२ र अजुर्न नरसिंह केसीले २६५० मत प्राप्त गरेका छन् ।
केन्द्रीय सदस्यखुातर्फ ३५ पदका लागि ९९ जनाबीच प्रतिस्पर्धा भएको थियाे । नेपाली काँग्रेस, केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सबैभन्दा बढी मत ल्याएर ९९ उम्मेदवारमध्ये ३५ जना खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यमा २५ जना देउवा पक्षबाट विजयी भएका छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन् ।
सूची :
१) डा. शशांक कोइराला – ३८३६
२) एन. पी. साउद – २९३७
३) बालकृष्ण खाँण – २८७९
४) उदय शमशेर राणा – २८४३
५) रामहरि खतिवडा – २८३२
६) ज्ञानेन्द्र बहादुर कार्की – २८२०
७) रमेश लेखक – २७८०
८) शंकर भण्डारी – २७६८
९) जिप छिरिङ लामा – २७०२
१०) अजुर्न नरसिंह के.सी. – २६५०
११) जीतजंग बस्नेत – २५५७
१२) गाेपालमान श्रेष्ठ – २५३८
१३) माेहन बहादुर बस्नेत – २४७६
१४) सुनिल कुमार थापा – २४७२
१५) नैनसिंह महर – २४६७
१६) दिलेन्द्र प्रसाद बडु – २४४१
१७) डा. रामशरण महत – २४३४
१८) बलबहादुर केसी – २३८८
१९) गोविन्द भट्टराई – २३५०
२०) कुन्दनराज काफ्ले – २२७९
२१) दिपक गिरी – २२६५
२२) सुरेन्द्र राज पाण्डे – २२०१
२३) पद्म नारायण चौधरी – २०३८
२४) राजिव ढुंगाना – १८९६
२५) गुरु बराल – १८७०
२६) सञ्जय कुमार गौतम – १८६७
२७) प्रा. डा. गोविन्द राज पोखरेल – १८४३
२८) मदन बहादुर अमात्य – १८३०
२९) अजयबाबु शिवाकोटी – १८११
३०) गणेश लामा – १७८२
३१) दिनेश काेइराला – १७८१
३२) उमेशजंग रायमाझी – १७७६
३३) ई. माेहन अाचार्य– १७५१
३४) डा. गोपाल दहित – १७१०
३५) कृष्ण किशाेर घिमिरे – १७०७

