
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बधाई दिएकी छिन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै झाँक्रीले महामन्त्री पदमा विजयी भएका थापा र शर्मालाई मन्त्री बधाई दिएकी हुन् । उनले महामन्त्रीद्वयलाई बधाई दिँदै यो जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबरजस्त दबाब रहेको बताएकी छिन् ।
मन्त्री झाँक्रीले फेसबुकमा लेखेकी छिन्,’हार्दिक बधाई! मित्र गगन कुमार थापा र दाई विश्व प्रकाश शर्मालाई! यहाँहरूको जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबरजस्त दबाब हो। यसको सन्देश मुलुक, समाज र राष्ट्र सबैको दायित्व अब युवाहरूले बोक्नुपर्छ भन्ने हो। हामी सबैको लागि अबसर र चुनौति दुबै हो।’

