नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ पुस ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुला महिलातर्फ) मतगणना सकिएको छ । मतगणनामा महिला खुलातर्फ नौ जना केन्द्रीय सदस्य निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले निर्वाचित हुनेमा डा डिला पन्त संग्रौलाले २८ सय २५, पुष्पा भुसालले २७ सय १८ र डा। आरजु राणा देउवाले २५ सय ३५ मत प्राप्त गरेको जनानकारी दिए ।
यसैगरी अम्बिका बस्नेतले २३ सय ३९, ईश्वरी न्यौपानेले २२ सय ५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइरलाले १८ सय ५८, सुशीला ढकालले १८ सय १४ र रंगमती शाहीले १७ सय ८९ मत प्राप्त गरेको उनले बताए ।
अहिले मुस्लिम, थारु, मधेशी, प्रदेश १ र बागमती प्रदेशको मतगणना भइरहेको छ । आजै खस आय, आदिवासी जनजातीको मतगणना हुनेछ । मतगणना सकिन अझै तीन दिन लाग्ने भएको छ ।

