संसद् बैठक अघि सभामुखले बोलाए कार्यव्यवस्था समितिकाे बैठक, एमसीसी अघि बढ्ला ?

सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परापर्श समितिको बैठक बोलाएका छन्। संसदमा नयाँ बिजनेसबारे छलफल गर्न वा विशेष निर्णयका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइन्छ। आजको बैठकमा एमसीसी टेबुल गर्नेबारे निर्णय हुन सक्ने बताइन्छ ।

‘प्रतिनिधि सभाको आजको बैठक अघि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बैठक आज बिहान ११ः३० बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ।



आजको संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। एमसीसी सम्झौताका कतिपय प्रावधान राष्ट्रियताविपरीत रहेको भन्दै माओवादी र एकीकृत समाजवादीले यथास्थितिमा पारित नगर्न दबाब दिइरहेकाबेला सभामुखको रणनीतिक के हुन्छ भन्ने चासो छ।

सम्बन्धित समाचार