संसद् बैठकः यस्ता छन् आजका सम्भावित कार्यसूची

प्रतिनिधिसभा अन्तर्गत दशौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ। मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। आजको बैठकमा एमसीसी सम्बन्धी प्रस्ताव पेस गर्ने भनिए पनि त्यो सम्भावित कार्यक्रममा समावेश गरिएको छैन। आजको बैठकमा अध्यादेश सम्बन्धी कार्यसूचीमा राखिएको छ।

आजको बैठकमा सांसद प्रेम सुवालले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने कार्यक्रम छ। त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।



सांसद सुवालले नै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन्। सोही प्रस्तावमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बडूले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनि पेस गर्ने कार्यक्रम रहेको छ।

 

सम्बन्धित समाचार