एमसीसीको विषयमा यसो भने उपाध्यक्ष पाण्डेले

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसीको विषयमा कतिपयले नबुझेर टिकाटिप्पणी गरेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले बिनासर्त कुनै पनि सहायता नपाइने भन्दै जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताएका छन् । उनले भने,’कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनाशर्त आउँदैन ।’ पाण्डेले अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको बताए



एमसीसीमा पनि सर्त रहेको भन्दै उनले ती सर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने बताए । उनले रकम ठूलो कुरा नभए पनि एमसीसी राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन टिप्पणी गरे । अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उनको चिन्ता थियो । त्यस्तै उनले सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको आरोप लगाए ।

देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै उनले यसको समाधान निर्वाचन नै भएको दाबी गरे । पत्रकार सम्मेलनमा पाण्डेले नेकपा (एमाले) भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पारेका थिए ।

सम्बन्धित समाचार