कांग्रेस केन्द्रीय सदस्यका अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ विजयी, कसले कति मत ल्याए ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । गत मंसिर २७ गतेको भएको निर्वाचनमा श्रेष्ठले ३२७ मत ल्याउदै विजयी भएका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समिति अनुसार १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा उदयबहादुर लिम्बूले २३२, कुमार कँडेल (गजन)ले १०५, कोपालबहादुर देउवाले २२९, धीरेन्द्रकुमार सिंहले १९८ मत ल्याएका थिए ।



त्यस्तै पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, बाबुकृष्ण सापकोटाले ८८७, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी)ले २९० मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार