प्रतिनिधिसभाको बैठक स्थगित

दुई अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी पुस ७ गते बुधबार १ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो । एमालेको अवरोध बीच सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए ।

त्यस्तै प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रस्तुत गरेको ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।



यस दुवै अध्यादेशलाई पारित गर्नु पूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर, सो प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।

सम्बन्धित समाचार