
विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको छ । आज (मंगलबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी अध्यक्ष रवीन्द्र मिश्रले निष्कासन गरेका हुन् ।
‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझ पार्टीको विधान २०७८ को भाग ७ (३.१.१) को अधिकार प्रयोग गर्दै तपाईंलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ’, पत्रमा उल्लेख छ ।
त्यस्तै अध्यक्ष मिश्रले पार्टीको नाम र लेटरहेड, छाप प्रयोग गरेमा पाण्डेलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत मिश्रले दिएका छन् । ‘तपार्ईँंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अगाडि बढाइने जानकारी पनि गराइन्छ ’ मिश्रले पाण्डेलाई पठाएको पत्रमा भनिएको छ ।
यस्तै आजै पाण्डे पक्षले पार्टी सुदृढीकरण अभियान घोषणा गरेको थियो । अभियानका लागि पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।
यस्तो छ पत्र :

