
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेसी आरक्षण कोटामा विनोध चौधरी निर्वाचित भएका छन् । उनी दोस्रो लोकप्रिय मत ल्याउदै निर्वाचित भएका हुन् ।
मंगलबार सकिएको अन्तिम मत परिणाम अनुसार लोकप्रिय मत सहित अजय चौरसिया विजयी भएका छन् । उनले २,५२२ मत प्राप्त गरे । त्यस्तै, विनोद चौधरीले २,२०६ ,चन्द्रमोहन यादवले २,१३८ ,महेन्द्रकुमार रायले १,९८४ र दिनेशकुमार यादवले १,९५९ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।
नव निर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन् ।

