नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ । मंगलबार राति भएको खेल बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो ।
सेभियाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ३२ औं मिनेटमा सेभियाको लागि पापु गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४५ औं मिनेटमा बार्सिलोनाको लागि रोनाल्ड अरुजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो ।
त्यसअघि खेलको ६४ औं मिनेटमा सेभियाका जुलेसले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै बार्सिलोना १८ खेलमा २८ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने समान खेलमा ३८ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहेको छ ।