खुमबहादुर खड्काकी पत्नी केन्द्रीय सदस्यमा विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश महिला तर्फ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको मंगलबार सार्वजनिक गरिएको मतपरिणामअनुसार लुम्बिनी प्रदेशको महिलाबाट स्व. नेता खुमबहादुर खड्काकी पत्नी शिला शर्मा खड्का निर्वाचित भएकी हुन् ।

महिलातर्फ खड्काले २६७३ मत ल्याउदा उनकी प्रतिस्पर्धी रीता सेनले १४६३ मत प्राप्त गरेकी छिन् । उनले सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएकी थिइन् । महिला तर्फ रिता सेन ओलीले १४३६ र भगवती काफ्ले (भण्डारी) ले ४१४ मत पाएकी छन् ।



महिलातर्फको एक पदको लागि तीन जनाको प्रतिस्पर्धा थियो ।

सम्बन्धित समाचार