किन स्थगित भयो न्याय सेवा आयोगको बैठक ?

न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । आज (बुधबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दिउँसो ३ बजेको लागि बैठक बोलाएका थिए ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको बताएका हुन् । न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीशले बैठक बोलाएका थिए ।



आयोगमा प्रधानन्यायाधीश जबराअध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्रीदिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी रहेका छन् ।

सम्बन्धित समाचार