माओवादी प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी, को को आए पदाधिकारीमा ?

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन्। नेम्वाङले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याए। ७ मत बदर भएको थियो।

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ (१११), देवान चाम्लिङ (१२०) र शिवकुमार डाँगी (११३) विजयी भएका छन्। सचिव पदमा गणेश उप्रेतीले १४८ मत ल्याएर विजयी बने। उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए।



यस्तै ३ जना सहसचिवमा कुमारी राई (११४), सागर किराँती (७३) र ऋषिराम ढुंगाना (९५) विजयी भएका छन्। कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन्।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो।

सम्बन्धित समाचार