
सर्वोच्च अदालतले संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्नैपर्ने मागसहित परेको रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका सुनुवाइहरू अगाडि नबढाउन आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको सहभागितासम्बन्धी रिटको अन्तिम टुंगो नलागेसम्म संवैधानिक इजलासमा भइरहेका मुद्दाहरूको सुनुवाइ नगर्न आदेश दिएको हो ।
नैतिकताको प्रश्न उठेपछि संवैधानिक नियुक्तिविरुद्धका रिटहरूमाथिको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नबस्ने निर्णय भएको थियो ।
पेशी तोक्ने दिन र फैसलाको दिन प्रन्या जबरा अनुपस्थित रहने निर्णयभएपछि भोलिदेखि ती रिटहरूमाथि निरन्तर सुनुवाइ हुने अपेक्षा गरिएको थियो । सामान्यतया संवैधानिक इजलास शुक्रवार बस्ने गरेको छ ।

