आउँदो हप्तादेखी हिउँदे वर्षा सुरू हुने सम्भावना

अर्को हप्ता हिउँदे वर्षा हुने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना छ ।

लगातार झरी नपरे पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने तथा हिमाली जिल्लामा हिमपात हुने उनले बताइ । यस्तै यो प्रणालीका कारण पानी नपरेका ठाउँमा बादल लाग्ने मौसमविद् पौडेलले जानकारी दिए ।



आउँदो सोमबारदेखि बादल लाग्ने अनुमान गरिएको छ । यस विषयमा मौसम पूर्वानमान महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ । पानी परे पछि देशभर चिसो अझ बढ्ने छ । जल तथा मौसम विज्ञान विभागले धेरैजसो क्षेत्रमा यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरेको छ  । यसले गर्दा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएको छ ।

विभागका अनुसार नेपालमा हिउँदमा सरदर ६१ मिलिमिटर वर्षा हुन्छ । सबैभन्दा बढी वर्षा मनसुनमा हुन्छ । मनसुनमा नेपालमा सरदर एक हजार ४ सय १२ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ । यसपालि मनसुनमा सरदर भन्दा धेरै पानी पर्दा बाढी पहिरोको जोखिम बढेको थियो ।

 

सम्बन्धित समाचार