नाकबाट पानी बग्नु पनि ओमिक्रोनको लक्षण

कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ।

तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले ‘एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने’ बताउँछन्। यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरिअन्टका प्रमुख पाँच लक्षणमा नाकबाट पानी बग्ने, टाउको दुख्ने, शरीर गल्ने, हाच्छिउँ आउने र घाँटी दुख्ने रहेृका छन् ।



यस्ता लक्षण देखिए परीक्षण गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । गम्भीर बिरामी भएका व्यक्तिहरूले अरूलाई पनि जोखिममा पार्न सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार