नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।
स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । बुधबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २-१ ले पराजित गरेको हो ।
रियललाई जित दिलाउन करिम बेन्जिमा नायक बने । खेलको चौंथो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको सातौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । तर, खेलको दशौँ मिनेटमा बिल्बाओका सान्केटको गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएन र खेल रियलले २-१ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै रियल १९ खेलमा ४६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहँदै दोस्रो स्थानमा रहेको सेभियामाथि ८ अंकको अग्रता बनाएको छ । रियल भन्दा एक खेल कम खेलेको सेभियाको ३८ अंक रहेको छ । त्यस्तै १९ खेलमा २४ अंक जोडेको बिल्बाओ दशौँ स्थानमा रहेको छ ।