
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमालेमा हरेक दिन पहिरो गइरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए ।
एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि सो पार्टी अगाडी बढ्न नसक्ने उनले बताए । नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गरे । उनले कम्युनिष्ट आन्दोलनलाई सहि दिशामा अगाडी बढाउने कार्यभार नेकपा ९एकीकृत समाजवादी०को रहेको जिकिर गरे ।
उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफुले एमालेको नवौँ महाधिवेशनमा अगाडी सारेको दाबी पनि गरे । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पुरा गर्न सम्पूर्ण नेपाली जनता एकतावद्ध भएर अगाडी बढ्नुपर्नेमा उनको जोड थियो ।

