भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पाएपछि भ्रमणबारे तयारी गर्न प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन्।

नयाँदिल्लीमा ओमिक्रोन संक्रमण बढिरहेकाले त्यसलाई ध्यान दिई भ्रमणका लागि सानो टिम बनाउने ती अधिकारीले बताए। ‘पुसभित्रै प्रधानमन्त्रीज्यूको भ्रमण हुन्छ। जाने मितिसमेत तय भइसकेको छ’, उनले भने, ‘ओमिक्रोनको संक्रमण उत्कर्षमा पुग्यो भने मितिमा केही तल–माथि होला।’



परराष्ट्र मन्त्रालय र दुवै देशका दूतावासका अधिकारीले प्रधानमन्त्री देउवाको भ्रमणलाई सफल बनाउन गृहकार्य गरिरहेका छन्। कांग्रेस सभापति देउवा गत असार २९ गते पाँचौं पटक प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। त्यसलगत्तै भारतले भ्रमणका लागि उनलाई औपचारिक खबर गरेको थियो।

सम्बन्धित समाचार