कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण शनिबार गरिने

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र भोलि (शनिबार) दिइने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

महाधिवेशन अन्तर्गत मतदान भएको ११ दिनपछि हिजो सबै पदको मतगणना सकिएर अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ ।



नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पदाधिकारीमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री महाधिवेशनबाट निर्वाचनबाट आएका छन् । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् । १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय ९ जना छन् । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई जना विजयी भएका छन् ।

 

 

सम्बन्धित समाचार