
नेकपा एमालेले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललेले संसद् अवरोधको विषयमा बोलेका छन् । उनले आज (शुक्रबार) एक ट्विट गर्दै पार्टीको भूमिकालाई लिएर आलोचना गरेका हुन् ।
रावलले संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने भन्दै टिप्पणी गरेका छन् । उनले सांसदहरूले बोल्न र छलफल गर्न नपाउदा महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुने बताएका छन् ।
रावलले ट्विटरमा लेखेका छन्–‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ।यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।’
रावलको ट्विट :

