आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ८९८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार ६० जनाको पीसीआर परीक्षण गर्दा २३७ जना र तीन हजार ८३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३४९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख १० हजार २७१ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४८ रहेको छ । जसमा ४ हजार ८१७ जना होम आइसोलेसनमा छन् भने २३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ७७ संक्रमित आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २६ हजार ९०१ र एन्टिजेन विधिबाट ९६ हजार ११५ जना पुगेको छ ।

सम्बन्धित समाचार