अब भाडामा बस्नेले छुट्टै विद्युत मिटर राख्न पाउने

नेपाल विद्युत प्राधिकरणले घरभाडामा बस्नेहरूलाई पनि छुट्टै विद्युत मिटर उपलब्ध गराउने भएको छ। उनीहरूले प्राधिकरणको छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने ऊर्जामन्त्री पम्फा भुसालले बताइन्।

अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्ने उनको भनाइ छ। यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित मन्त्री भुसालको विश्वास छ।



शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले हरेक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन कार्ययोजना बनाइरहेको जानकारी समेत दिइन्। भुसालले यस्ता आयोजना बनाउँदा ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उल्लेख गरिन्।

सम्बन्धित समाचार