कांग्रेस प्रदेश २ को मतगणना सकियो, पदाधिकारीमा देउवापक्षको शतप्रतिशत जित

नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गतको मतगणना सकिएको छ। जस अनुसार पदाधिकारीमा पार्टी सभापति शेरबहादुर देउवापक्षले शतप्रतिशत जित हात पारेको छ। प्रदेश २ को सभापतिमा शुक्रबार नै देउवापक्षका कृष्ण यादव विजयी भएका भएका थिए।

त्यस्तै उपसभापति द्वयमा वीरेन्द्र सिंह र चन्द्रशेखर कुमार विजयी भएका छन्। उनीहरु दुवै देउवापक्षका हुन्। महामन्त्री दुईमा उपेन्द्रकुमार यादव र बृहस्पतिकृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्रीमा पर्शुराम चौधरी र जयनारायण यादव विजयी भएका उनीहरु पनि संस्थापन पक्षका हुन्।



महिला सहमहामन्त्रीमा बिन्दु यादव विजयी भएकी छन्। देउवापक्षीय सभापति कृष्ण यादवल विमलेन्द्र निधि -शेखर कोइराला पक्षका सभापतिका उम्मेद्वार रामसरोज यादवलाई हराएका थिए। विजयी यादव रौतहट कांग्रेस जिल्ला सभापति थिए। पराजित यादव कांग्रेसको प्रदेश २ का संसदीय दलको नेता तथा मन्त्री हुन्।

सम्बन्धित समाचार