हाइकुसङ्ग्रह ‘ऐलानी घाम’ को लोकार्पण

साहित्यकार दिल पौडेलको आठौं कृति ‘ऐलानी घाम’ (हाइकुसङ्ग्रह) लाई प्रमुख अतिथिका रूपमा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका छन् । उनले पौष ९ गते विहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ हलमा आयोजित एक भव्य समारोहमा उक्त कृतिलाई लोकार्पण गरेका हुन् । नागार्जुन साहित्यिक प्रतिष्ठानले आयोजना गरेको उक्त साहित्यिक कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, प्राज्ञ शशि लुलुम्बु, समीक्षक डा.रामप्रसाद ज्ञवाली, डा.यज्ञेश्वर निरौला, साहित्यकार महेश प्रसाईं, डा.गीता त्रिपाठी, डा.हरि सिलवाल, डा.विष्णुविभु घिमिरे, डा.तुलसीप्रसाद भट्टराई, डा.केदार न्यौपाने, साहित्यकार किशोर पहाडी, कथाकार एलपी पौड्याल, पूर्व सहसचिव केदार पनेरु, पूर्व सहसचिव शेरबहादुर ढुङ्गाना, उपसचिव पुण्यप्रसाद ढकाल, उपसचिव ऋषिराज आचार्य, उपसचिव महेन्द्र सापकोटा, पूर्व सांसद गङ्गा श्रेष्ठ, कृष्णप्रसाद दाहाल, डा.दामोदर पुडासनी, डा.कृष्णहरि बराल, डा.नारायण गड्तौला, डा.ज्ञानेश्वर निरौला, साहित्यकार पुष्कर लोहनी, गायक डिजराज पौडेल, उपन्यासकार प्रकाश कोइराला, कथाकार लक्ष्मण अधिकारी आदिको उपस्थिति रहेको थियो ।



२०२८ पौष १० गते सिन्धुली जिल्लाको लदाभीरमा जन्मिएका स्रष्टा दिल पौडेल पेशाले निजामती कर्मचारी हुन् भने साहित्यमा उनी बहुमुखी प्रतिभाका धनी हुन् । उनले साहित्यका आख्यान, कविता, निबन्ध, समालोचना आदि क्षेत्रमा कलम चलाएका छन् ।

सम्बन्धित समाचार