माओवादी केन्द्रको महाधिवेशन उद्घाटनसत्र सर्‍यो

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने पार्टी स्थायी समितिको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गर्न केन्द्र समितिको बैठक बस्ने भएको हो।

प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमा रुपान्तरण गरिएसँगै उद्घाटन–सत्र सरेको पार्टीले जनाएको छ। आज दिउँसो १ बजे हुने भनिएको उद्घाटन समारोह ३ बजेलाई सारिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।



उनले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको बताए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।

सम्बन्धित समाचार