नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । आज (आइतबार) बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आजको बैठकले पारित गरेको विधान अनुसार अब पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । त्यस्तै माओवादी प्रथम राष्ट्रिय सम्मेलनलाई बैठकले महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
आज दिउँसो ३ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आठौं महाधिवेशन उद्घाटन गरिने माओवादी केन्द्रले जनाएको छ । उद्घाटन समारोहमा आतिथ्यका लागि माओवादी केन्द्रले ११ राजनीतक दललाई निमन्त्रणा गरेको छ ।

