सलमानलाई सर्पले टोकेपछि…

बलिउड सुपरस्टार सलमान खानलाई सर्पले टोकेको छ । उनलाई आज (आइतबार) विहान ३:३० बजे विषरहित सर्पले टोकेको हो ।

क्रिसमस मनाउन परिवार र साथीभाइसँग आफ्नो पनवेलको फार्महाउस पुगेका सलमानलाई सर्पले टोकेपछि अस्पताल लगिएको थियो । उपचारपश्चात उनलाई करिब ९ बजे डिस्चार्ज गरिएको थियो । उनको हातमा सर्पले टोकेको हो ।



सलमानलाई विना विषरहित सर्पले डसेकाले उनलाई खासै असर गरेको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

सम्बन्धित समाचार