नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय महाधिवेशन सुरु (लाइभ)

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि सुरु भएको छ । यसअघि पार्टीको राष्ट्रिय सम्मेलन भन्दै आएपनि माओवादीले महाधिवेशनमा रूपान्तरण गरेको हो।

प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन्। माओवादीले सहभागीलाई आफै खाने बस्ने प्रबन्ध गर्न भनेको छ।



तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन्। ​उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ। त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ।

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ। माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन्।

भिडियो –

भिडियो साभार – न्युज एजेन्सी नेपाल (NAN )

सम्बन्धित समाचार