मृत अवस्थामा ९ जना फेला

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जामा फेला परेका छन् । काठमाडौं, शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदी खोलामा कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै इलाम, इलाम नगरपालिका-४ पुवाखोला बजार बस्ने ३४ वर्षीय बीरू भन्ने हर्क बहादुर लिम्बु सोही ठाउँस्थित पानीको नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् भने झापा, भद्रपुर नगरपालिका-२ बस्ने २८ वर्षीय कमल सिंह तामाङ सोही नगरपालिका-१ सातलाखे बाँधस्थित धान खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।



त्यसैगरी बारा, कोल्हबी नगरपालिका-७ मौहासपुरस्थित गेरकाही खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय बहुदली मुखिया शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनकुटा, धनकुटा नगरपालिका-१ शान्ती टोल बस्ने ३३ वर्षीया कल्पना राई आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यता सुनसरी, इटहरी उपमहानगरपालिका-९ स्थित महमत फर्निचर पसलमा रंग लगाउने काम गर्ने मोरङ कटहरी गाउँपालिका-१ बस्ने ५५ वर्षीय निर्मल राय सोही पसलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी पर्सा, ठोरी गाउँपालिका-३ सिक्कारी बाँस बस्ने ६४ वर्षीय भगन महतो सोही ठाउँस्थित खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै मोरङ, जहदा गाउँपालिका-१ लंकाटोल बस्ने ७० वर्षीया गोलिया देबी बैठा सोही गाउँपालिका लंकाटोलको दशगजास्थित पारिपट्टी पोखरीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१२ कुनुवार बस्ने टिमल हरिजनको गोठमा भारत महारजगंज थाना निचलौल टिकुलहिया बस्ने ५५ वर्षीय ईलताफ अली शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार