७ बुँदे माग राख्दै सिके राउत नेतृत्वको जनमत पार्टी आन्दोलनमा (विज्ञप्तिसहित)

आज सिरहामा चक्काजाम

जनमत पार्टीले आज सिरहामा चक्काजाम गरेको छ । सीके राउत नेतृत्वको पार्टी किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको हो ।

गत पुछ ६ गते गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन उत्रिएको हो । किसानहरूले जथाभावी गहुँको बीउ लुटेर लागेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको र केहीमाथि मुद्दा चलाइएको छ । किसानले सिरहाको औरही गाउँपालिका कार्यालयको एक कोठामा वितरणका लागि राखिएको गहुँको बीउ लागेका थिए



पार्टीको सात बुँदे मागमा गिरफ्तार गरिएका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानको लागि समयमा मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीले आज सिरहामा चक्काजाम गर्ने र दिउँसो आन्दोलन समितिको बैठक बसी थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाएको छ । त्यस्तै पार्टीले किसान आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न आग्रह गरेको छ । सीके राउतले नेतृत्व गरेको पार्टीले विज्ञप्ति जारी गर्दै आन्दोलन र निर्वाचन कोषका लागि पैसा सहयोग गर्न जनतासँग आग्रह गरेको हो । पार्टीका महासचिव चन्दन सिंहले आउँदो निर्वाचनमा विजयी हासिल गरी जनता राज स्थापनाका लागि पैसा जरुरी भएको जानकारी दिए ।

विज्ञप्ति :

विज्ञप्ति :

सम्बन्धित समाचार