नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

नेकपा एमालेका निवर्तमान उपाध्यक्षडा. भीम रावलले एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको बताएका छन् ।
आज(सोमबार) एक ट्विट गर्दै रावलले यस्तो बताएका हुन् । त्यस्तै उनले प्रम देउवाले एमसीसीसँगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको टिप्पणी गरे । उनले सम्झौतामा ‘कहीं राष्ट्रघात नदेखेको’ र ‘सित्तैमा आएको पैसा किन नलिने’ प्रधानमन्त्रीले भन्नु नेपालको हित, स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नाङ्गो भक्ति रहेको बताएका छन् ।
रावलले ट्विटरमा लेखेका छन्-‘मूल सम्झौतासंगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरूपयोग गर्न एमसीसी अन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति!यस्तो कुरा नेपाल सार्वभौम,स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्नै सक्दैन।’
त्यस्तै उनले ट्विटरमा लेखेका छन्, ‘प्रमं देउवाले एमसीसीसंगको सम्झौता अरूले नपढेको भन्दै सबैलाई मूर्ख ठान्ने सामन्ती दम्भ देखाउनु भएको छ।सम्झौतामा ‘कहीं राष्ट्रघात नदेखेको’ र ‘सित्तैमा आएको पैसा किन नलिने’ भन्नु नेपालको हित,स्वाधीनता र अधिकारमा आँच पुग्ने प्रावधानप्रति आँखा चिम्लेर वाह्य शक्तिको नांगो भक्ति हो।’
रावलको ट्विट:

