नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।

नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा नेता राम कार्कीले फरक मत राख्ने भएका छन् ।कार्कीले आफ्नो फरक मतलाई महाधिवेशन प्रतिनिधिसम्म लैजान अनुमति समेत मागेका छन् ।
अध्यक्ष प्रचण्डको राजनीतिक दस्तावेजले माओवादी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा समग्रतामा नेतृत्व दिन नसक्ने भन्दै कार्कीले आफ्नो लिखित फरक दस्तावेज प्रचण्डलाई बुझाएका हुन् ।अध्यक्ष प्रचण्डले कार्कीको फरक मत अध्ययनपछि पार्टीले छलफलमा लैजाने वा नलैजाने भन्ने निर्णय गर्ने जवाफ दिएको कार्की निकट स्रोतले जनाएको छ ।
कार्कीले आफ्नो फरक मत नभएर पूरक दस्तावेज भएको कतिपय महाधिवेशन प्रतिनिधिहरुलाई बताएका छन् । कार्कीले विशेषगरि विगतलाई हेर्ने दृष्टिकोण, अन्तर्राष्ट्रि परिस्थिति लगायत वैचारिक सैद्धान्तिक विषयमा फरक मत राखेका छन् ।

