नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आज अर्को वाम घटक नेकपा (जनवादी)सँग पार्टी एकताको घोषणा गर्ने भएको छ।
आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको समाजवादीका नेता विजय पौडेलले जानकारी दिए।
नेकपा (जनवादी) २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो। यसको नेतृत्वमा देवेन्द्रसिंह महताले गरिरहेका थिए ।

